काठमाडौं । रिलायन्स स्पिनिङको बुक बिल्डिङबाट खुलेको प्राथमिक सेयर (आईपीओ) भर्न सर्वसाधारणलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले उच्च मूल्यमा बोलकबोल गरेपछि सर्वसाधारणलाई कम्पनीको मूल्य महँगो पर्ने भएको हो ।
रिलायन्समा संस्थागत लगानीकर्ताले दिएको बोलपत्र आवेदन सोमबार खोलिएको छ । बोलपत्र आवेदनअनुसार संस्थागत लगानीकर्ताहरुले अधिकतम मूल्य ९१२ रुपैयाँमा ठूलो कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।
नेपाल स्टक एक्स्चेन्ज स्रोतका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ तय भएको छ । बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ । त्यस्तै सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । यसअनुसार कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।
कम्पनीले दोस्रो चरणमा प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ खोल्नेछ । त्यसपछि तेस्रो चरणमा मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ । बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई आईपीओ निष्कासन भएको यो नेपालमै दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ यहीं विधिबाट निष्कासन भइरहेको छ ।
रिलायन्स स्पिनिङले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । संस्थागतलाई सेयर बाँडफाँटपछि बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका र आम सर्वसाधारणका लागि जारी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







