काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्स (सीए)लाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका हुन् ।
“चार्टर्ड एकाउण्टेन्सले पेसागत कर्तव्यपालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर, धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ”, उनले भने, उनले आफ्नो प्रतिज्ञा सम्झिएपछि धेरै कुरा समाधान हुने पनि बताए । “लेखा र चार्टर्ड ठीक हुनेबित्तिकै धेरै कुरा ठीक ठाउँमा आउँछन । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन प्राविधिक समस्याका कारण हो भन्ने आधारमा प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टर्ड एकाउण्टेनलाई प्रवेश गराउनुपर्छ ।”
उनले सार्वजनिकदेखि निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउँदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







