काठमाडौं । आजबाट नेपालको पहिलो पारिवारिक मनोरञ्जन पार्क धुम्बाराहिमा सञ्चालनमा आएको छ । भारतमा रहेको होप उपा फन पार्कसँगको सहकार्यमा नेपालमा यो परिवार फन पार्क सञ्चालनमा आएको हो ।
करिब एक महिनाअघिदेखि सञ्चालनमा आएको पार्कको औपचारिक उद्घाटन आज अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । रिभान कटदै प्रियंका र निर्देशक टिमले कार्यक्रमको औपचारिक उद्घाटन गरे । औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको ‘उप्स नेपाल’ मा बालबालिकादेखि ज्येष्ठ नागरिकहरुले समेत खेलको मनोरञ्जन लिएका छन् ।
यस मनोरञ्जन पार्कमा सबै उमेर समुहहरुको लागि खेलको व्यवस्था गरिएको छ । साथै, पार्कमा आर्केड, रिडेम्प्शन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ आदि जस्ता इनडोर र आउटडोर खेलहरू छन् । यस पार्कको मुख्य मुख्य विशेषता भनेको ठाउँ एक र खेल अनेक हो । जहाँ धेरै खेल र खेलहरू सस्तो मूल्यमा खेल्न सकिन्छ । साथै, पारिवारिक समय बिताउनका लागि एकदमै उचित स्थान रहेको छ ।
अभिनेत्री प्रियंका कार्कीले सोमबार एक भव्य कार्यक्रममा ‘उप्स नेपाल’ को उद्घाटन गरेकी हुन् ।निर्देशक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी पनि श्रीमानसँगै आइपुगेकी थिइन् । कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेल खेल्न सकिने र ठाउँ आकर्षक रहेको बताइन् । प्रियंका भन्छिन्, “सबै परिवारले एकै ठाउँमा सँगै खेल्न सकिने विभिन्न खेलहरू भेट्टाए । ठूलो ठाउँको कारण, धेरै मानिसहरू एकसाथ खेलको मजा लिन पनि सक्छन् । मैले पनि थुपै खेलहरु खेलेँ । छोरीलाई पनि खेलाएँ । मलाई एकदम धेरै रमाइलो लाग्यो ।“
साथै, उनले फेरी पनि छोरी आयांका, श्रीमान आयुष्मान देशराज जोशी लगायत सपरिवारसँग फेरी पनि मनोरञ्जन पार्कमा आउने बाचा गरिन् ।
.jpeg)


निर्देशक टिमले नेपालको पहिलो यो परिवार फन पार्कलाई काठमाडौंमा मात्र सिमित नभएर देशका अन्य ठाउँहरुमा पनि लैजाने योजना बनाएको बताए । फन पार्कको मुख्य उद्देश्य परिवारलाई एकै साथ एकै ठाउँमा रमाइलो र खेल उपलब्ध गराई मनोरञ्जन प्रदान गर्नु रहेको निर्देशक टिमको भनाई छ ।
.jpeg)

.jpeg)


.jpeg)


.jpeg)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







