काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गते सम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।
‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरूको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले थपे, दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने छ ।
उनले थपे, एकताले नै समृद्धि हासिल हुन्छ । हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती एवं सफलता हासिल टिम वर्कले नै सम्भव छ, त्यसैले हामी टिम वर्कमा काम गरौं निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले थपे ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पारे ।
प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरज्यूले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारे । नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना 'बालबालिका' बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुती रहेको थियो ।
कम्पनीका सहायक महाप्रबन्धक नमश सिंह देउजाले स्वागत मन्तब्य दिएका थिए, भने सहायक महाप्रबन्धक श्री टीकादत्त प्याकुरेलले कार्यक्रममा धन्यवाद मन्तब्य व्यक्त गर्दै उल्लासपूर्ण रुपमा कार्यक्रम सम्पन्न भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







