काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा कम्पनीको मुनाफा २१ प्रतिशतले वृद्धि भएर १० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८ करोड ७३ लाख खुद नाफा आर्जन गरेको थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेर १३ करोड १८ लाख रपैयाँ पुगेको छ । त्यसैगरी कुल दाबी भुक्तानी ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३६ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो ।
समीक्षा अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हाल चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १०.५६ रुपैयाँ र नेटवर्थ भने १३७.९८ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







