काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ ।
महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले नगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२ कार्यक्रम बूढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने जानकारी दिएका छन् ।
उनले भने, “महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ । सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन् ।”
उनका अनुसार विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रङ्गमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रमसमेत महोत्सवमा हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







