काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोग समक्ष सार्वजनिक सुनुवाई गर्दैछ ।
पुतलीबजार नगरपालिका वार्ड.नं १ स्याङ्गजास्थित सिटी हलमा २०८१ बैशाख १४ गते शुक्रबार दिउँसो १ बजे देखि ३ बजे सम्म सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
उपभोक्ता विद्युत महसुल निर्धारणका लागि पेश गरेको निवेदनमा विद्युत नियमन आयोग ऐन, २०७४ को दफा २१ र नियमावली, २०७५ को नियम १९ बमोजिम सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था अनुसार आयोगले सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
आयोगद्वारा जारीसूचनाअनुसार सम्पूर्ण सरोकारवालाहरुसंग राय, सुझाव तथा प्रतिक्रिया लिने उद्धेश्यका साथ विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई संचालन निर्देशिका, २०७६ अनुसार तपसिल बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।
उक्त अवसरमा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानिय तहका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुने जनाइएको छ ।
आयोगले सरोकारवालाहरुले आयोगको कार्यालयमा लिखित रुपमा एवम् आयोगको इमेल ठेगाना -info@erc.gov.np_ मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न भनेको छ । यस सम्बन्धमा बिस्तृत जानकारी आयोगको आधिकारिक वेवसाईट https://www.erc.gov.np/ मा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







