बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो) समेत बाटोमा छरिँदैन ।
स्थानीय हुमनाथ बजगाईंले वि.सं. १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिए ।
“जिजुबाजेका पालादेखि कसैको मृत्यु भएमा घाटसम्म लिएर जाँदा एकोहोरो शङ्ख बजाउन नहुने विश्वास नै परम्परा बन्न पुगेको छ,” उनले भने । एक हजार रोपनी जग्गा बिर्ता पाएको सो स्थानमा अहिले दुई सय घरपरिवार बस्दै आएका छन् ।
स्थानीय ज्येष्ठ नागरिक लोकनाथ बजगाईंले परापूर्वकालदेखि नै स्थानीयको मृत्युपछि शङ्ख नबजाउने र बजाएमा अनिष्ट हुने विश्वास रहेको बताए । सयौँ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको परम्परा अहिलेसम्म कायम रहेको बताउँदै उनले आफ्नो बिर्ता जमिनसम्म शङ्ख बजाए अनिष्ट हुने जनविश्वास रहेको बताए ।
स्थानीय बलराम बजगाईंले मानिसको मृत्युपछि एकाघर परिवारले ‘गाह्रो पर्यो दाजुभाइ’ भनेर तीनपटक बोलाएपछि दाजुभाइ भेला भएर शवलाई घाटसम्म लिएर जाने र १३ दिनसम्मका सबै कार्यमा सहभागी हुने गरेका छन् । यसरी कसैको मृत्यु भएपछि दाजुभाइ बोलाउने परम्परा नेपालका अरू ठाउँमा विरलै हुने उनले बताए ।
सो गाउँबाट दुई किलोमिटर परको घट्टेकुलोमा पुगेपछि बिर्ता सकिन्छ । त्यसपछि एकोहोरो शङ्ख बजाउने, लाजा र टिलो छर्ने गरिन्छ । सो गाउँका मानिसको अयन्त्र कुनै ठाउँमा पुगेर मृत्यु भएमा शव उठाउने समयमै एकोहोरो शङ्ख बजाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







