हिले । धनकुटाको सहिदभूमि ५ मा ढुङ्गै ढुङ्गाको एक अनौठो स्थान छ । स्थानीयले सो स्थानलाई किवा ढाडा भन्ने गरेका छन् ।निर्माणाधीन अरुण कोरिडोरबाट करिब तीन सय मिटर माथिबाट सुरु हुने यो स्थानमा अरु पाँचसय मिटर माथिसम्म ढुङ्गै ढुङ्गा छ । यहाँ धेरै र ठुला ठुला ढुङ्गा छन् । अझ अनौठो त यहाँका ढुङ्गाभित्र धेरै ओडार छन् ।
ढुङ्गाकै मनिमुनिबाटै एकातिरबाट छिरेर अर्कोतिर निस्कन सकिने स्थानीय लालजित राई बताउनुहुन्छ । पूर्वाधार तथा प्रचारप्रसारको अभावमा यो स्थान ओझेलमा छ । राईका अनुसार पर्यटनका प्रशस्त सम्भावना हुँदाहुँदै पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा यो स्थान ओझेलमा परेको हो ।
राई वान्तवा भाषामा किवा भनेको बाघ र ढाडा भनेको ओढार हो । बाघ बस्ने ओढारको रुपमा चिनिने सो स्थल निक्कै आकर्षक छ । यो स्थानमा रक गार्डेन तथा रक पजल पार्क निर्माण गरे तथा पत्थरै पत्थरको करिब पाँचसय मिटरको उकालो यात्रा एड्भेन्चरमा रमाउनेहरुको लागि आकर्षक गन्तव्य बन्न सक्ने स्थानीय नगेन्द्र राई बताउछन् ।
“यो स्थानमा अहिलेको पुस्तालाई बाघको बस्ने घरको रुपमा चिनाउन सकिन्छ अहिलेका पुस्ताले चिडियाघरमा मात्र बाघ देखेको छ तर प्राकृतिक रुपमा बाघ कसरी बस्थे भनेर देखाउन यो स्थान उपयुक्त छ,” राईले भने।
अहिले यो स्थानका अधिकांश ओढार तथा ढुङ्गा झाडीले ढाकेका छन् । सो स्थानसम्म पुग्ने सडक सहज छैन । पूर्वाधार नहुँदा एक ढुङ्गा अर्को ढुङ्गासम्म पुग्नसमेत समस्या छ । त्यस्तै यही स्थानको नजिकै लाबुवा खोङताङ गुफासमेत छ । करिब २० मिटर लामो यो गुफाको विभिन्न खण्ड छन्।
त्यस्तै नजिकैको अरुण नदीको मनोरम दृश्य र खोकुटार आदिले जो कोहीको मन लोभ्याउँछ । धनकुटाको हिले हुँदै खोकुवाट करिब १८ किलोमिटरको दूरीमा पुग्न सकिन्छ । तर त्यहाँसम्म पुग्ने सहज बाटो नहुँदा धेरै कमलाई मात्र यो स्थानको बारेमा जानकारी छ ।
यो स्थानको सरसफाइ र प्रचारप्रसारका लागि काम गरिरहेको सहिदभूमि गाउँपालिका ५ का कार्यवाहक वडाध्यक्ष सफलमान राईले बताए । “धनकुटाको हिले हुँदै यहाँसम्म सामान्य ट्रयाक खुल्ने काम त भएको छ स्तरोन्नति हुन सकेको छैन, त्यसको पहल पनि गरिरहेका छौं, त्यस्तै अरुण कोरिडोर पनि बन्दैछ हामी हाम्रो तर्फबाट सकेको पहल गरिरहेका छौँ,” वडाध्यक्ष राईले भने ।
कविराज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







