अमरराज नहर्की
आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घा शिखरकटेरीस्थित घर हालसम्म संरक्षण अभावमा भग्नावशेषमै सीमित छ ।
साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने घोषणा भए पनि पुनर्निर्माण नहुँदा भानु जन्मस्थल हेर्ने उद्देश्यले पुग्ने साहित्यप्रेमीहरूको मन खिन्न हुने गरेको छ । अहिले घर झाडीले ढाकिएको छ भने प्रयोग भएका काठका झ्यालढोका डढेको अवस्थामा छन् । स्थानीय सन्देश आचार्यका अनुसार नेपाली भाषाका धरोहर भानुभक्तले साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए पनि राज्यले उचित सम्मान गर्न नसकेकाले घर पुनर्निर्माणमा ध्यान पुग्न सकेको छैन ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले भानु जन्मस्थललाई ‘भानुधाम’का रूपमा विकास गर्ने योजना अनुसार चाँडै नै पुनर्निर्माण अघि बढाइने जानकारी दिए । उनले पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरे पनि काम नगरेको भन्दै असन्तोष व्यक्त गरे । जन्मघर सुरक्षाका लागि राष्ट्रपति समक्ष सैनिक टुकडी राख्न माग गरिएको जानकारी दिए ।
२०७३ सालमा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले ६८ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गर्ने घोषणा गर्दै शिलान्यास गरेका थिए । तर बजेट विनियोजन नहुँदा काम अघि बढ्न सकेको छैन ।
यसअघि २०५७ सालमा चलचित्र निर्माता यादव खरेलले आदिकवि भानुभक्त नामक चलचित्र निर्माणका लागि एक लाख रुपियाँ लागतमा घर पुनर्निर्माण गरेका थिए । तर २०६० साल जेठमा लागेको आगलागीले खरको छानाको घर जलेर पूर्ण रूपमा नष्ट भएको थियो । इतिहासविद् डा. रामराज सुवेदीको नेतृत्वमा भएको उत्खननमा घरको जग, मूलढोकाको सँघार, अगेनाको खरानी, चाँदीका बाला र अन्य सामग्री फेला परेका थिए, जसलाई अहिले चुँदी रम्घाबेंसीस्थित समितिको कार्यालयमा राखिएको छ ।
पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गरेझैँ, आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट नेपाली समाजलाई एक सूत्रमा बाँध्नुभएको थियो । वि।सं। १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले संस्कृत रामायणलाई नेपाली भाषामा सरल शैलीमा अनुवाद गरी सर्वसाधारणको जिब्रोमा पुर्याएका थिए । उनीद्वारा रचित भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) आज पनि उत्तिकै लोकप्रिय छन् । साहित्यलाई नैतिकता र संस्कृतिसँग जोडेर समाजमा चेतना फैलाउने कार्यमा भानुभक्तले निर्वाह गरेको भूमिकालाई नेपाली साहित्यजगतले विशेष सम्मानका साथ स्मरण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







