काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। ले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । संस्कृति, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भरपुर मनोरञ्जन दिने गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरुले सहभागिता जनाएका उक्त कार्यक्रममा इन्दे्रणी ग्रुपका संचालक एवं चर्चित कलाकारहरूबाट उत्कृष्ट लोक दोहोरी तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तुतिमा सहभागि अभिकर्ताहरुले पूर्ण मनोरञ्जन लिएको र नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







