काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गृह मन्त्रालयको टोली विराटनगर पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समिति सोमबार राति विराटनगर पुगेको हो ।
विराटनगर पुगेपछि समितिले राति नै न्युरो अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । समितिले घटनाको विस्तृत अध्ययन तथा अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।
छानबिन समिति गठन भएसँगै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट फिर्ता बोलाइसकेको छ । समितिले घटनाको वास्तविकता बुझ्न कप्तानगञ्ज पुगेर घटनास्थलको स्थलगत निरीक्षणसमेत गर्नेछ ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच विवाद भएपछि अवस्था हिंसात्मक बनेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । घटनापछि थप तनाव र सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







