काठमाडौँ । नेपाल चिकित्सक संघले मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा संघले सेवा बन्दको घोषणा गरेको हो ।
संघले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा गत शनिबार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद रामलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको जनाएको छ । आक्रमणबाट केही स्वास्थ्यकर्मीको टाउकोमा गम्भीर चोट लागेको संघको भनाइ छ ।
अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका संघका प्रतिनिधिमाथि समेत दुर्व्यवहार भएको संघले आरोप लगाएको छ ।
संघका अनुसार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको थियो ।
चिकित्सक संघले सेवा बन्दका कारण बिरामीमा पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारको हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







