काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा दुई छुट्टाछुट्टै प्रदर्शन हुँदैछन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका हुन् ।
कुनै बेला नेकपा माओवादी केन्द्रमा आबद्ध प्रसाईं सो पार्टी छोडेर एमालेमा लागेका थिए । राजतन्त्रको वकालत गर्दै उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान शुरू गर्न थाले ।
यसपछि एमालेको कारबाहीमा परे । उनै प्रसाईं अहिले विभिन्न बेथिति र गणतन्त्रको विरुद्धमा राजधानीकेन्द्रित प्रदर्शनमा छन् । सोही क्रममा आज बल्खुमा कार्यक्रम गर्दैछन् । प्रसाईंको र्याली आज बिहान १०ः३० बजे शुरू हुनेछ ।
प्रसाईंले प्रदर्शन गर्ने भएपछि एमालेको भ्रातृ संगठन युवा संघले पनि प्रतिकारस्वरुप आजै कार्यक्रम राखेको छ । यसको ‘ब्याकअप’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतले गरिरहेका छन् । गणतन्त्र र व्यवस्थामाथि प्रहार भएको भन्दै प्रदर्शन गर्न लागिएको उनीहरूले तर्क गरेका छन् । यसैले सम्भावित झडपलाई लिएर सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।
यस्तो छ प्रसाईंको विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





