Dark

टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

काठमाडौँ। आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् ।

अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ भने नामिबियाले शुक्रबार युगाण्डासँग खेल्दै छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै