धनकुटा । धनकुटामा एकैघरका तीन ब्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनैजना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ ।
यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेका छन । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट अनुसन्धान गरिएको छ ।
घटनास्थलमा अहिले प्रहरीले पुगेको र सो घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






