नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा भोटेकोशी नदीको बाढीले पुरिएको एउटै घरभित्र २३ जनाको शव फेला परेको छ । मंगलबार खोजतलासका क्रममा घरको एउटै कोठामा २१ जना र बाहिरपट्टि थप दुई जनाको शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।
गएको बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले तीनतले घर पुरेको थियो । बाढीबाट जोगिन घरको माथिल्लो तलामा पुगेका मानिसहरू बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
फेला परेका शवको हालसम्म पहिचान हुन सकेको छैन । ती शव गोसाइँकुण्ड जाने तीर्थयात्रीहरूको हुनसक्ने अनुमान गरिएको छ । शवसँगै झोलासमेत भेटिएकाले उनीहरू तीर्थयात्रामा हिँडेका हुनसक्ने प्रहरीको भनाइ छ । फेला परेका शवमध्ये एक जना विदेशी नागरिकको जस्तो देखिएको उद्धारमा संलग्न प्रहरी अधिकारीले बताए ।
उनका अनुसार घरको छतभन्दा मुनिको कोठामा शवहरू फेला परेका हुन् । एक महिलाले सानी बालिकालाई अँगालोमा च्यापेकै अवस्थामा शव भेटिएको छ । उनीहरू आमाछोरी हुनसक्ने अनुमान गरिएको छ ।
बाढी बढ्दै गएपछि ज्यान जोगाउन एकै ठाउँमा जम्मा भएका बेला घरसहित उनीहरू बाढीले पुरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको प्रहरीको भनाइ छ ।
फेला परेका २३ शवमध्ये आठवटा सोमबार साँझ त्रिशूली अस्पताल लगिएको छ । बाँकी १५ शव भने अहिले पनि घरको छतमै रहेको र ती शव मंगलबार अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





