काठमाडौँ । हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि हमाससँग प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आग्रह गरेको छ ।
समितिले विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको हो । इजरायली भूमिमा गत सात अक्टुबरमा हमासले आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमासले लगेको विश्वास गरिएको छ। हाल इजरायल र हमासबीच अस्थायी युद्धविराम लागू हुँदा हमासले इजरायली र थाइ नागरिकलाई रिहा गरेको छ ।
यसैबीच आज बिहीबार बसेको समितिको बैठकले विपिन जोशीको रिहाइका लागि आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए ।
‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ’, सभापति यादवले भने, ‘नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






