काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ आज सकिएको छ । सुनुवाइ भोली शुक्रबार साँझसम्म आदेश आउने सम्भावना रहेको स्रोतले जनाएको छ ।
उच्च अदालत पाटनको स्रोतका अनुसार निवेदनमाथि बुधबार साँझसम्ममा निवेदक प्रतिवादीका कानुन व्यवसायी तथा विपक्षी नेपाल सरकारको तर्फबाट बहस सकिएको थियो । बिहीबार निवेदकहरुका तर्फबाट जवाफी बहस भई साँझसम्म सकाउने भनिए पनि केही कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेकाले शुक्रबार खाजा समय अगाडि सबैको जवाफी बहस सकाउने तयारी भएको छ ।
खाजा समय अगाडि जवाफी बहस सकिएमा शुक्रबार साँझसम्ममा उक्त निवेदनका सम्बन्धमा आदेश आउनसक्ने अदालतले जनाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएकाहरूको जाहेरीका आधारमा नेपाल सरकारले पूर्व विशिष्ट व्यक्तिहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको थियो ।
मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइमा राखिएको उक्त निवेदनमाथि शुक्रबार आदेश गर्ने तयारी भएको हो । तत्कालीन गृहमन्त्री खाँण, पूर्व उपप्रधानमन्त्री रायमाझीसहित नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा।ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको रहेको हुँदा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





