काठमाडौं । नेकपा (एमाले(का अध्यक्ष केपी शर्मा ओलीले खुट्टा नभएको गठबन्धनको छेस्काहरूले अड्याएको वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् ।
उनले संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा सरकार हल्लिरहेको बताउँदै सरकार कुनै समय आफैँ ढल्न सक्ने बताए ।
ओलीले भने, “हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि बीचमा यो सरकार।।।म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । चर्याक मर्याक, चर्याक मर्याक भइरहेको छ । तर, हामी पश्चिमबाट पूर्वसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ ।”
सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको ओलीको भनाइ छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप ओलीले लगाए । “यसको कुनै सिद्धान्त, नीति, योजना छैन । कुनै कार्यक्रम छैन । मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादीको नीतिमा प्रचण्डपथमा हिँड्न खोजिरहेको छ । सकेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ,” उनले भने ।
कांग्रेसका मान्छेलाई मुद्दा लागेर थुनिएको भन्दै अदालतले दोषी हो कि होइन भन्ने फैसला गर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





