जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन् ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफले शनिबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकार र राजनीतिक दलका लागि समेत अनुकरणीय रहेको बताए ।
नेपाली कांग्रेस मधेस प्रदेश समिति सभापति एवं संसदीय दलका नेता समेत रहेका यादवले प्रदेश सरकार र आफू नेतृत्वको पार्टी संरचनामा पनि क्लबका असल अभ्यासको अनुशरण र सहकार्यका लागि पहल गर्ने बताए ।
“नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, बालगृहलगायतका क्षेत्रमा राम्रो काम गरिरहेको छ”,उनले भने, “अब मधेस प्रदेशमा स्थानीय र प्रदेश सरकार तथा मेरो पार्टीका संरचनाले पनि आवश्यक समन्वय एवं सहकार्य गर्ने विषयमा मेरो पहलकदमी रहने छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा मिलेर काम गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”
त्यसअवसरमा लायन्स क्लब अफ जनकपुरका नवनिर्वाचित अध्यक्ष रमन साह र लायन्स क्लब अफ जनकपुर गार्गीका अध्यक्ष अञ्जना पण्डित नेतृत्वको समितिलाई जिम्मेवारी हस्तान्तरण, नयाँ सदस्यता लिएकाहरूको परिचय तथा शपथप्रहणलगायतका कार्यक्रम गरिएको थियो । नेपालमा सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलोपटक क्लबको स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






