काठमाडौँ । जाडोको मौसम सुरु भएसँगै कतिपयले घुम्ने योजना बनाउन थाल्छन् । यस्तो क्रममा कोही हिउँ पर्ने ठाउँमा घुम्न जान्छन् । तपाईं पनि यस्तै चिसो ठाउँमा भ्रमण गर्ने सोंचिरहनुभएको छ भने केही कुरा ध्यान दिनुहोस ।
घुम्न जानुअघि त्यो स्थानको मौसमको बारेमा सूचना लिनुहोस । जसले गर्दा तपाईं मौसम तथा समयअनुसार सही कपडा छान्न सक्नुहुन्छ । तपाईं आफ्नो झोलामा ऊनीका कपडा, बाक्सो मोजा, टोपी, पन्जा लगायत अवश्य राख्नुहोस् ।
प्रायः हामीले झोला तयार गर्दा केही सामान बिर्सने गर्छौं । त्यसैले यस्तो गल्तीबाट बच्नका लागि पहिले नै के के लग्ने कस्तो सामान लग्ने भनेर एउटा लिस्ट बनाउनुहोस् । त्यस्तै जाडोको मौसममा रुघाखोकी तथा चिसो लाग्नु सामान्य हुन्छ । त्यसैले आफ्नो झोलामा रुघाखोकी, ज्वरो, टाउको दुखाई, पखाला आदिका औषधि राख्नुहोस् ।
जाडोको मौसममा आफ्नो झोलामा गाढा रंगका जुत्ता राख्नुहोला । तपाईं हिउँ पर्ने स्थानमा गइरहनु भएको छ भने लामो तथा न्यानो जुत्ता पनि राख्नुहोस् । यसले तपाईंलाई चिसो लाग्नेछैन र हिँड्न पनि सजिलो हुनेछ ।
त्यसो त घुम्न जानुअघि होटल पहिले नै बुक गर्ने वा बुझ्नु पर्दछ । अझ जाडोको मौसममा होटल नपाउने समस्या पनि हुन सक्छ । त्यसैले समयमै होटल तथा बस्ने स्थान बुक गर्नु बुद्धिमानी हुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






