काठमाडौँ । एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा प्रवेश गरेको छ । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रम सकेर आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको स्रोतले जनाएको छ ।
आइतबार बिहान मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको थियो । सुदूरपश्चिमको अछाम र कर्णाली प्रदेशको दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेपछि अभियानको टोली कर्णाली प्रवेश गरेको हो ।
अभियान पुस १ गते पाँचथर पुगेर सकिने एमालेकाे स्राेतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






