अछाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन् । मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको संकल्प यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको पनि दाबी गरे ।
उनले भने, ‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा हामी माथि पनि र संसद्मा पनि भनिरहेका छौँ । सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साहित गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् । जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला सुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ । अहिलेको सरकारले हत्याराहरूलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ ।’
अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गरे ।
स्थानीय तहको निर्वाचन अगाडि गत २०७९ जेठ १७ गते अछामको पञ्चदेवल विनायक नगरपालिकाको रिठा टोलमा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपका क्रममा शाही बेपत्ता भएका थिए ।
बेपत्ता भएका शाहीको ५ दिनपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जंगलमा भेटिएको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






