काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् ।
सोमबार मुलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।
उनले भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको गुनासो गरे । उनले मृत्यु भएका भनिएका सबैको चिसोका कारण नभइ कतिपयको कालगतिले मृत्यु भएको प्रस्ट पारे ।
‘जाजरकोटमा मृत्यु भएको भनिएका सबै चिसोले मरेका होइनन्,’ उनले भने, ‘३÷४ जना त कालगतिले मरेको भनिएको छ, मुख्यमन्त्रीसँग कुरा गर्दा त्यही भनेका छन् ।’
अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि उनले प्रस्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






