काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन युनियन (ईयू) ले कालोसूचीबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।
ईयूको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालोसूचीबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनी केही समाचार माध्यमले समाचार सम्प्रेषित गरेकोमा आपत्ति जनाउँदै निगमका प्रवक्ता रमेश पौडेलले यस्तो स्पष्टीकरण दिएका हुन् ।
प्रवक्ता पौडेलले सोमबार अपराह्न न्युज एजेन्सी नेपालसँग प्रतिक्रिया दिँदै ईयूको सो प्रतिवेदन नेपालको समग्र हवाई उडान क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न नमिल्ने तर्क गरे । उनले निगमको कमजोरीलाई ईयूले औँल्याएर नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको भए नेपालका अन्य वायुसेवा प्रदायक संस्थाहरुले ईयूबाट अडान अनुमति पाउने प्रावधान रहेको स्मरण गराए ।
प्रवक्ता पौडेलले इयूको कालोसूचीबाट नेपालको हवाई उडान क्षेत्रलाई हटाउनका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्नेमा आवश्यक पनि औँल्याए । ईयूले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई उडानको क्षेत्रलाई फेरि पनि कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । प्रवक्ता पौडेलले त्यो अडिट रिर्पोट समग्र नेपालको हवाई उडान क्षेत्रको भएकाले त्यसमा निगमको कमजोरीले भएको भन्न नमिल्ने बताए ।
प्रवक्ता पौडेलले आम मानिसमा भ्रम छरेर निगममाथि दोष थोपर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






