मुकाम डेस्क । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरबको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् ।
ओलीले मंगलबार बिहान आयोजनाको अवलोकन गरेका हुन्। अध्यक्ष ओलीले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए ।
काममा केही ढिलाइ भएको बताउँदै उनले छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ उनले ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरेका थिए ।
‘यो आयोजना कोभिडले गर्दा पनि ढिला भयो। तर त्योभन्दा बढी हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ,’ उनले भने, ‘यसलाई गति दिनुपर्छ, जे होस् काम भइरहेको छ यो सम्पन्न हुन्छ ।’
उनले कामको गुणस्तरमा 'कम्परमाइज' गर्न नमिल्ने बताए। भेरी-बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






