मुकाम डेस्क । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् ।
पाँच वर्षपछि नेपाल सरकार मातहतमा हुनुपर्ने एनसेल अहिले बिक्री भएको उनले बताए ।
‘राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई एनसेल बिक्री गर्न सम्भव नै हुँदैन,’ मंगलबार कांग्रेस ओखलढुंगाको जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘त्यसकारण हामीले नेताहरूलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो? यस घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ ।’
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो ।
फरक प्रसंगमा कोइरालाले भ्रष्टाचार निर्मुल गर्नुपर्ने बताए । ‘अहिले जताततै मानिसमा असन्तुष्टि छ। यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुनिन्छ,’ उनले भने ।
भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






