काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको 'एन्जियोप्लास्टी सर्जरी' गरिएको छ ।
असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको बेला मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक 'कोरोनरी एन्जियोग्राफी' गर्दा 'ओन्टस मार्जिनल' शाखामा अवरोध देखिएको थियो ।
उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको बताइएको छ ।
मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएको प्रेस सहयोगी कमल गिरीले जानकारी दिए । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै 'एन्जियोप्लास्टी सर्जरी' गरीसकेको र हाल उनी सघन उपचार कक्षमा उपचाररत रहेको उनको भनाइ छ । स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पताललाई उदृत गर्दै उनले जानकारी दिए । चिकित्सकका अनुसार उनलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूबीच सामान्य कुराकानी समेत भएको छ। चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






