काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (वायु सेवा निगम) ले तीनवटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटा कम्पनी कै आवेदन परेको छ । हिन्दुस्तान एओरोनोटिकल लिमिटेड, इन्डिया, डी हाविल्याण्ड, क्यानडा र एयरक्राफ्ट इन्ड्रस्ट्रिज, चेक रिपब्लिकाले निगमको जहाज खरिद प्रक्रियामा भाग लिन टेन्डर हालेका हुन् ।
निगमले गत २२ अक्टोबर, २०२३ अर्थात् गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीनवटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । डिसेम्बर ५, २०२३ दरखास्त अन्तिम मिति रहेकोमा अन्तिम समयमा तीनवटा कम्पनीले टेन्डर हालेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
योसँगै अब निगमको जहाज खरिद प्रक्रिया थप अघि बढेको प्रवक्ता पौडेलको भनाइ छ । ‘अब जहाज खरिद प्रक्रिया थप अघि बढ्यो । तीनवटा कम्पनीको आवेदन परेको छ । यीमध्येबाट मूल्याङ्कनको काम अघि बढ्छ’ प्रवक्ता पोखरेलले भने ।
हाल दुईवटा ट्वीअनटर जहाज मात्र रहेकोमा निगमले थप तीनवटा जहाज किनेर दुर्गम क्षेत्रको उडान भर्ने जनाएको छ । उसो त आफ्नै स्रोतबाट जहाज खरिद गर्न लागेको निगमले बताइराख्दा यता आलोचना समेत चुलिएको छ । पहिलेकै जहाज खरिद गर्दाको ४८ अर्बमाथिको ऋण चुक्ता गर्न बाँकी निगमले थप तीनवटा जहाजको भुक्तानी दिन नसक्ने भन्दै आलोचना भइरहेको छ ।
तर, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले निगमलाई कुनै पनि हालतमा माथि उठ्न नदिन चौतर्फी प्रहार भइरहेको बताएका छन् । ‘निगमलाई राम्रो हुनै दिँदैनन् । आफैँले कमाएर जहाज खरिद गर्छु भन्दा पनि आलोचना भइरहेको छ ।’ जहाज खरिद प्रक्रियामा अवरोध पुर्याउन आफू विरुद्ध नै लागेको समेत मन्त्री किरातीको भनाइ छ ।
तर, निगम जहाज किन्न सक्षम रहेको बताउँदै मन्त्री किराँतीले जहाज किनिछाड्ने अठोट गर्दै थप ठुला जहाज समेत खरिद गर्न निगम तयारी अवस्थामा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






