चितवन । चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन् ।
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८\ ८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई जना गरी पाँच जना पक्राउ परेका छन् भने गत आर्थिक वर्ष २०७९\८० मा पनि तीन पुरुष र दुई महिला गरी पाँच जना पक्राउ परेका छन्। यस आर्थिक वर्षको कात्तिकसम्म भने मानव बेचबिखनको कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीको तथ्यांक शाखाकी सहायक हवल्दार अन्जु थारुका अनुसार एजेन्टहरुले चितवनका विभिन्न होटलहरूमा यौनव्यवसाय गराएको आरोपमा पक्राउ परेका हुन् । उनले उनीहरुले चेलीबेटीलाई देह व्यापारको लागि विदेश पठाउने गरेको समेत पाइएको बताइन् । चितवनमा गत वर्ष १८ वर्षमूनिका यौनव्यवसायमा लगाएका चार किशोरी र १८ वर्ष माथिका तीन महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






