युएई । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।
संयुक्त अरब इमिरेट्स (इमिरेट्स) को दुबईमा जारी जालवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का क्रममा नेपाल पेभिलियनमा आज आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको ‘विल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन ः पिपुल नेचर एण्ड एक्सन’ विषयक कार्यक्रममा उनले भने, “ जलवायुको चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायको सक्रिय सहभागितामा प्रकृति संरक्षण आवश्यक छ । यसमा आधारित समान दृष्टिकोणलाई सुदृढ पार्ने गरी तल्लो तहको निरन्तर प्रयास खुसीको विषय हो । जलवायुका कार्य सुदृढ गर्न र सबै सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न थप वित्तीय स्रोत ल्याउनुपर्छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा पपुलर जेन्टल जेन्टलले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तहलाई सबल बनाउने र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा दीपककुमार खरालले जलवायुमा आधारित समाधानका उपायका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका थिए ।
सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जलवायुको चुनौती समाधानका लागि नेपालले कानुन निमार्णका क्रममा प्रकृतिमा आधारित समाधानका उपायहरुलाई ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । कार्यक्रममा कोषका सदस्यसचिव शरद्चन्द्र अधिकारीले कोषले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तह र समुदायलाई प्रोत्साहन गर्ने तथा सबल बनाउने काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






