कालीमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल सानो गोलभेडाको मूल्य प्रतिकिलो २५ रूपैयाँले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार प्रतिकिलो न्यूनतम १० रूपैयाँमा कारोबार भएको लोकल सानो गोलभेडाको न्यूनतम मूल्य आज ३५ रूपैयाँ तोकिएको छ ।
उक्त गोलभेडाको अधिकतम मूल्य ४५ रूपैयाँ र औसत मूल्य ४० रूपैयाँ प्रतिकिलो तोकिएको छ ।
ठूलो गोलभेडाको मूल्य भने घटबढ भएको छैन । कालीमाटी बजार विकास समितिले ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो ६५ रूपैयाँ प्रतिकिलो तोकेको छ ।
त्यस्तै भारतीय रातो आलुको औसत मूल्य प्रतिकिलो ५८ रूपैयाँ तोकिएको छ । मुडेको रातो आलुको औसत मूल्य प्रतिकिलो ४९ रूपैयाँ छ। सेतो आलुको प्रतिकिलो औसत मूल्य ३९ रूपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
त्यस्तै बन्दाको औसत मूल्य प्रतिकिलो ५५ रूपैयाँ, लोकल काउलीको २९ रूपैयाँ, ज्यापु काउलीको ३७ रूपैयाँ ५० पैसा, रातो मूलाको ५५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ५० पैसा, तने बोडीको ४५ रूपैयाँ, मटरकोसा १७५ रूपैयाँ, लौका ४६ रूपैयाँ ६७ पैसा, पाकेको फर्सी ३५ रूपैयाँ, भिण्डी ६५ रूपैयाँ, पिंडालु ४६ रूपैयाँ ६७ पैसा, रायोको साग २५ रूपैयाँ, पालुंगो साग ९३ रूपैयाँ, कन्य च्याउ ७० रूपैयाँ, डल्ले च्याउ २६० रूपैयाँ, ब्रोकाउली ८६ रूपैयाँ, तामा ९६ रूपैयाँ, गुन्द्रुक २७५ रूपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै झोले स्याउको प्रतिकिलो औसत मूल्य २२५ रूपैयाँ प्रतिकिलो, फूजी स्याउ ३३५ रूपैयाँ, कागती १४० रूपैयाँ, अनार ४२५ रूपैयाँ, कालो अंगुर ४१० रूपैयाँ, नेपाली सुन्तला ८६ रूपैयाँ, लोकल काँक्रोको २० रूपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






