एजेन्सी । सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा अभिनेता रणवीर कपूर मुख्य भुमिकामा भए पनि पहिलो रोजाइ भने होइनन् ।
सन्दीपको पहिलो रोजाइमा दक्षिण भारतीय अभिनेता महेश बाबु थिए र फिल्म तमिलमा बनाउन चाहन्थे ।
रणवीरलाई फिल्म अफर गरेपछि भने उनको हिन्दी संस्करणमा फिल्म बनाउने योजना अघि बढ्यो । हुन त हाल यो फिल्म हिन्दीसँगै तमिल र तेलुगु संस्करणमा प्रदर्शन भइरहेको छ ।
महेश बाबूले यस फिल्मलाई ‘डार्क थिम फिल्म’ भएको भन्दै छाडेका थिए । डार्क फिल्ममा अभिनय गर्दा दर्शकले स्वीकार गर्न नसक्ने अनुमान गरेर उनले फिल्मको स्क्रिप्टमा नै परिवर्तन गर्न भनेका थिए ।
सन्दीपले फिल्मको स्क्रिप्ट परिवर्तन गर्न मानेनन् । अन्ततः रणवीरलाई फिल्म प्रस्ताव गरे । महेश बाबुलाई फिल्म प्रस्ताव गर्दा फिल्मको नाम ‘डेविल’ राखिएको थियो ।
उनले फिल्मको प्रस्ताव अस्विकार गरेपनि प्रचारप्रसारमा साथ दिएका थिए । फिल्म रिलिजअघि हैदरावादमा गरिएको फिल्मको कार्यक्रममा उनी सहभागी भएका थिए।
फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ । फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






