काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौँको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो ।
बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले जानकारी दिए । एक सेन्टिमिटरभन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो विश्वमै दुर्लभ केस भएको डा.काफ्ले बताउँछन् । नेपालमा पहिलो पटक यस्तो केसको सफलतापूर्वक उपचार गरिएको उनको दाबी छ ।
बिरामीलाई हेपाटाइटिस पोजेटिभ भएकाले उपचार गर्नसमेत जोखिम थियो । तर पनि, केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा.काफ्लेसहितको टोलीले क्यान्सर सेल नस्ट गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य छ ।
रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामीलाई सहज भएको हो । यो प्रविधिबाट बिना चिरफार, कडा औषधी र रेडियोथेरापी प्रयोग नगरी सहज रूपमा ट्युमरलाई नष्ट गर्न सकिने चिकित्सकहरूको भनाई छ ।
रेडियो फ्रिक्वेन्सी एब्लेसनबाट केएमसीमा अन्य अस्पतालको तुलनामा सस्तो मूल्यमा उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






