काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । १८ जना अस्पताल भर्ना भएका छन् ।
सुन्दरबजार नगरपालिका–९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ भएको बताइएको छ । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज आयोजना गरिएको बताइएको छ । भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडीसीएस नमुना सामूदायिक अस्पतालले जनाएको छ ।
शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नम्बर–८ र ९ का व्यक्तिहरू हिजो शनिबारदेखि बिरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरू शनिबार बेलुका अस्पताल पुगेका थिए । भोजमा सहभागीहरू आइतबार बिहानसम्म पनि अस्पताल आइरहेको बताइएको छ । अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






