काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि रोकिएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।
यस दिन न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र थियो । सन्दीपको मुद्दा एक नम्बरमा परेको थियो । तर, सन्दीपका कानुन व्यवसायीका तर्फबाट मुद्दा स्थगित गरिएको अदालतको स्रोतले जानकारी दिएको छ ।
नेपाल बार एसोसिएसनका तर्फबाट चितवनमा आयोजित मानवअधिकार सम्मेलनमा अधिवक्ताहरू व्यस्त रहेकाले मुद्दा स्थगित गर्नुपरेको स्रोतको भनाई छ ।
गत वर्ष कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ)को बलात्कार गरेको सन्दीपमाथि आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर गरिएको थियो । फैसला भने हुन बाँकी छ ।
यसअघि, जिल्ला अदालतले वकिलहरूलाई लिखित बहस नोट पेस गर्न यही मंसिर २२ गतेसम्मको समय दिँदै आजका निम्ति पेसी तोकिएको थियो ।
यसअघि, गौशाला २६ (छ) नाबालिग भए÷नभएको यकिन गर्ने भन्दै अदालतबाट दुई आदेश भएको थियो । त्यसबाहेक न्यायाधीश राजु खतिवडाको इजलासबाट गौशाला २६ (छ) की आमाको उमेर यकिन गर्ने समेत आदेश भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






