काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद गरिएकाे छ ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय शेरिफ मोहम्मद लसिन(SHERIF MOHAMED LASHIN)लाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम बनाई टेपले बेरेर ल्याएको अवस्थामा उक्त वस्तु बरामद गरी उनलाई पक्राउ गरिएको हो ।
साथै थप अनुसन्धान गर्ने क्रममा उनीसँगै आएका सुडानी नागरिकहरू ३० वर्षीय मोहम्मद ओमर उसमान ताइबेलास्मा(MOHAMED OMER USMAN TAIABELASMA) र २८ वर्षीय ओस्मान अलबेद मोहम्मद इब्राहिम( OSMAN ALABED MOHAMAD IBRAHIM) समेतको संलग्नता देखिन आएपछि उनीहरुलाई समेत पक्राउ गरिएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद वस्तुसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






