काठमाडौं । स्वस्थ रहनका लागि शरीरमा भिटामिन डी प्रयाप्त हुनु एकदमै जरुरी हुन्छ । यसको कमीले मांसपेशी, हड्डी, दाँत आदि सबै कमजोर हुन्छन् । आउनुहोस् यसको कमीलाई पूरा गर्ने उपायका बारेमा जानौं ।
दैनिक रुपमा कम्तीमा १५ देखि २० मिनेट घाममा जरुर बस्नुहोस् । यसले भिटामिन डीको कमी कहिल्यै हुनेछैन साथमा हड्डी तथा मांसपेशीहरु दुबै बलियो हुनेछन् ।
यदी तपाईं मांसहारी हुनुहुन्छ भने माछा खान सक्नुहुन्छ । माछाबाट भिटामिन डी बाहेक अन्य धेरै प्रकारका स्वस्थ भिटामिन तथा स्वस्थ फ्याट प्राप्त हुन्छ । जो शरीरका लागि आवश्यक तथा लाभदायक हुन्छ ।
कतिपयलाई विभिन्न विमारीको कारणले गर्दा पनि भिटामिन डीको कमी हुन्छ । जस्तै यदी कसैलाई मधुमेह भयो भने भिटामिन डीको कमी हुने गर्छ । यस्तोमा डाक्टरको सल्लाह लिएर भिटामिन डीको सप्लीमेन्ट्स पनि लिन सकिन्छ । त्यस्तै च्याउ पनि भिटामिन डीको राम्रो स्रोत मानिन्छ । यसका लागि तपाईं आफ्नो खानपानमा च्याउलाई समावेश गर्न सक्नुहुन्छ ।
अन्डाको पहेँलो भागलाई पनि आफ्नो आहारमा सामेल गर्नुहोस् । यसमा भिटामिन डीको भरपूर मात्रा हुन्छ । त्यस्तै सुन्तला वा त्यसको जुसको सेवनले पनि भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ । यदी तपाईं शाकाहारी हुनुहुन्छ भने दुध तथा दुधबाट बनेका चीजहरुको सेवन गर्न सक्नुहुन्छ । विशेषगरी गाईको दुधलाई भिटामिन डीको राम्रो स्रोत मानिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






