नवलपरासी पश्चिम । नवलपरासी पश्चिमबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
रामग्राम नगरपालिका–५ बुद्ध चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९ सय रूपैयाँसहित पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.५९ प ३२३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक धुनियालाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






