पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल)विरुद्धको बलात्कारको मुद्धामा सवर्नेच्च अदालतले निस्सा दिएको छ । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको छ । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९ को फागुन १४ गते सफाइ दिएकोमा उक्त फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

उक्त रिट निवेदनको सुनुवाइ गर्दै मंसिर २२ गते सर्वोच्चका न्यायाधीशद्वय माथेमा र फुयालको इजलासले उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । सरकारी वकिलको कार्यालयले सर्वोच्चमा मुद्धा दोहोर्‍याएर हेर्न पाउँ भनी दिएको निवेदनमा शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र  नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको जिकिर गरिएको थियो ।

शाहले म्युजिक भिडियो छायाँकनका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

पछि विभिन्न युट्युवरहरु लगायतको पहलमा पीडित बालिका र उनको परिवारले बयान फेर्दै शाहले जबरजस्ती करणी नगरेको बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै