त्रिपोली । लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएअनुसार लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेको विश्वास गरिएको छ । जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
“२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ”, आईओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आईओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । इटाली हुँदै युरोप पुग्ने अपेक्षामा खतरनाक सामुद्रिक यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिसिया प्रमुख प्रस्थान विन्दु हुन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आईओएमका अनुसार यस वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् ।
दुवै नेताले आ–आफ्ना मुलुकका तटहरूमा आप्रवासी डुङ्गाहरूको अवतरणलाई रोक्ने र मानव तस्करहरू विरुद्ध लड्ने प्रयासलाई तीव्रता दिइने वाचा गरे । संयुक्त राष्ट्रसङ्घले केन्द्रीय भूमध्यसागरीय आप्रवासन मार्गलाई संसारको सबैभन्दा घातक मानेको छ । उक्त मार्गबाट प्रत्येक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ ।
लिबियाबाट इटाली हुँदै सात सय ५० सवार माछा मार्ने डुङ्गा एड्रियाना जुन १४ मा दक्षिणपश्चिम ग्रिसको अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुबेको थियो । उक्त दुर्घटनामा बाँचकोहरूका अनुसार डुङ्गामा मुख्यरूपमा सिरियाली, पाकिस्तानी र इजिप्टेली सवार थिए । तीमध्ये एक सय चार जना मात्र बाँच्न सफल भए भने ८२ शव फेला परेका थिए ।
नेटो समर्थित विद्रोहमा लिबियामा तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछिको एक दशकभन्दा धेरै समयदेखि जारी हिंसाले मुलुकलाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिणत गर्न सहयोग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





