काठमाडौँ । नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले थारु समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारु समुदाय एकजुट हुनुपर्ने बताएकी छन् ।
थारु कल्याणकारी सभाले समस्त थारु समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन् ।
सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीको ९ औँ जिल्ला अधिवेशनमा बोल्दै थारु अगुवा नेतृसमेत रहेकी चौधरीले थारु कल्याणकारी संस्था स्थापना भएको ७५ वर्ष भइसक्दा पनि समय अनुसार चल्न नसकेको बताउँदै समग्र थारुहरूको विकास, उत्थानका लागि अब समय अनुसार थारूको पहिचान जोगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन् ।
‘थाकसको पहिलो दायित्व भनेको आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्नु हो। दोस्रो राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारुहरूलाई सक्षम र योग्य बनाउनु हो । यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ’, उनले भनिन् ।
थारु समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र योग्य नेतृत्व पहिचान गरी अगाडि बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सांसद चौधरीले राजनीतिमा पनि थारुहरूको उपस्थिति बढाउँदै लैजानुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





