बलेवा, बाग्लुङ । पर्वत र बाग्लुङको एड्भेञ्चर हब ‘द क्लिफ’ पुगेका प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘स्काई क्याफे’को अनुभव लिएका छन् ।
कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले साथीहरूसँग ‘एड्भेञ्चर ब्रेकफास्ट’ गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ । सोही डोरीमा घिर्नीका माध्यमबाट टेवल झुन्ड्याइएको छ । क्याफेबाट कालीगण्डकी नदी र कुश्मा बजारको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।
त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । कालीगण्डकी नदीको सतहबाट २५५ मिटरको उचाइमा स्काई क्याफे सञ्चालन गरिएको छ । द क्लिफ पुग्ने पर्यटकले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क तिरेर भिडियो प्याकेजसहित स्काई क्याफेको मज्जा लिन सक्छन् ।
थापासँगै क्लिफ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुन प्रसाद जोशी, गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी र कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य रमेश खनालले स्काई क्याफेमा मज्जा लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





