काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्रा.डा मुकुन्दप्रसाद लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने तथा सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा र शेषनारायण मरासिनी चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा प्रा डा कृष्णकान्त पराजुली, प्रा डा शान्तिकृष्ण अधिकारी, सहप्राध्यापक आनन्दमणि रिजाल, डा विमला शर्मा, किशोरचन्द्र गौतम, डा रमा झा, अर्जुनबाबु दाहाल, मोहनप्रसाद ओझा, विष्णुप्रभा उपाध्याय, प्रा सत्यराज सुवेदी, महेन्द्रप्रसाद यादव, बाबुराम आचार्य र टीकाराम न्यौपाने निर्वाचित भए ।
निर्वाचितमध्ये कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौ जना प्रगतिशील प्राध्यापक सङ्गठनकोतर्फबाट रहेको जनाइएको छ । त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक÷एक जना निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






