सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु-याइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आज आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पु-याइने जानकारी दिए ।
“अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिकाअनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ”मुख्यमन्त्री कार्कीले भने, “तर त्यो प्रयाप्त छैन्, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौँ भने पीडितलाई थप राहत महसुस हुन्छ ।”
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले बाख्रा र बङ्गुरको बीमामा भुक्तानीका लागि बीमा कम्पनीमा निकै झण्झटिलो अवस्था सिर्जना भएकामा बीमा प्राधिकरणको ध्यानाकर्षण गराए । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायत भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी हालेसरह भएकामा यसमा सुधार गर्न सुझाव दिए ।
नेपालको वित्तीय क्षेत्र सुधार रणनीतिअन्तर्गत गाउँगाउँसम्म बीमाको पहुँच पु¥याउन तीनै तहको सरकारसम्म पुग्ने प्रयास भइरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उल्लेख गरे । उनले बीमा गरिएका बाख्रा र बङ्गुर मरेपछि किसानले अत्यधिक मूल्य माग गर्ने गरेकाले चुनौती थपिएको बताए ।
अध्यक्ष सिलवालले सरकारी तथा निजी सम्पत्तिको बीमासम्बन्धी उच्चस्तरीय अध्ययन कार्यदल गठन भएको र यसले दिएको प्रतिवेदनको आधारमा काम अघिबढाउने प्राधिकरणको तयारी रहेको जानकारी दिए । नेपालमा जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनः बीमा कम्पनी दुई र लघुबीमा कम्पनी सात गरी कूल बीमा कम्पनीको सङ्ख्या ३७ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






