काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक बर्ष सफल भएको बताएका छन् । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको दाबी गरे ।
“नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कुटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान संचालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ” भट्टले भने । आर्थिक सूचकहरु सुधारतिर अगाडि बढेको भन्दै उनले निरासाबाट आशाका किरण देखा परेको बताए । सरकार दिर्घकालिन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै भट्टले भने, “सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् । सरकारले विगतको तुलनाभन्दा महंगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।”
सरकारले इजरायल हमासको आक्रमणमा परी ज्यान गुमाउनेको शव स्वदेश ल्याउनेदेखि बेपत्ता विपिन जोशीको रिहाईको लागि प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको बताए । त्यसैगरी सरकारले भूकम्प पीडितको उद्दार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे । अब नयाँ बर्षमा नयाँ गतिका साथ अघि बढ्ने बताए । पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा दलका नेता समेत रहेका भट्टले पार्टीको जारी अभियान अन्तिम चरणमा पुगेको बताए । उनले यसको समिक्षा गर्न बाँकी रहेपनि अभियानले पार्टी, कार्यकर्ता र जनतालाई जोडेको दाबी गरे ।
संचारकर्मीको प्रश्नको जवाफमा नेता भट्टले एनसेल प्रकणको गहिराईसम्म पुगेर छानविन गर्न सरकार समिति गठन गरिसकेको बताउँदै त्यसमा दोषी उम्किन नपाउने समेत बताए । “प्रधानमन्त्री दुबईमा भएको बेला यो काण्ड बाहिर आएको हो । स्वदेश फिर्ता भएलगत्तै उहाँले छानविन गर्न निर्देशन दिँदै समिति गठन भएको छ । यसमा दोषी जो भएपनि कारवाहीको दायरामा आउँछन्” भट्टले भने । प्रधानमन्त्री प्रचण्डको परिवारसँग जोडिएर गरेको प्रचारबाजी झुट रहेको दाबी गर्दै उनले त्यसमा सत्यता नभएका र सरकारका राम्रो कामको ढाकछोप गर्न कू प्रचार गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






