प्रस्तावित ६ जना न्यायाधीशहरुकाे नाम सर्वसम्मतिबाट अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतका लागि न्याय परिषद्बाट सिफारिस भएका ६ जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिबाट अनुमोदन गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्‍बाट सिफारिस भएको थियो ।

उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।

न्यायपरिषद्‍को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै