भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । भरतपुरमा आज आयोजित चेपाङ समुदायको उत्थानका लागि चिउरी तथा चमेरो संरक्षण कार्यक्रमको मस्यौदा कार्यविधिबारे छलफलमा उनले चेपाङ समुदायको उत्थानका लागि नीति तथा कार्यक्रममार्फत नै योजना समावेश गरेर कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।
चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकारले ल्याएको यो कार्यक्रम नमूना कार्यक्रम भएकाले सबै पालिकासँग समन्वय गरेर काम गरिने मुख्यमन्त्री जम्कट्टेलले बताए । राज्यले सबै जातजाति, कला र संस्कृतिको संरक्षण गर्ने भनेको छ चेपाङ समुदाय त यसै पनि पछाडि परेकाले हाम्रो विशेष प्राथमिकता हुनुपर्छ भने ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका योजना अध्ययन गरेर मात्र लागू गर्नुपर्ने तर मनगणन्ते योजना ल्याउन नहुने बताए । उनले स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । प्रदेशकै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चेपाङ समुदायको संस्कार र संस्कृति पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण हुने बताए । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






