चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।
नियमित औषधि सेवन गर्नेले बहिरङ्ग सेवाको टिकट लिएर चिकित्सकलाई देखाएपछि मात्रै औषधि खरिद गर्न पाउने गर्दछन् । यसले अत्यधिक भीड हुने गुनासो आएको थियो । स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक भएका कारण बीमाबाट नियमित औषधि लिनुपर्ने बिरामीलाई लक्षित रिफिल काउन्टर सञ्चालन गरिएको डा तिवारीले बताए ।
रिफिल काउन्टर बिहान ७ देखि १० बजेसम्म खुल्ने मेसु तिवारीले जानकारी दिए । यसबाट धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । अस्पतालले एकपटक सिफारिस भइआएका सेवाग्राहीलाई सोही रोगको फलोअप गर्दा पुनः सिफारिस नचाहिने जानकारी गराएको छ । यसअघि पुनः परीक्षणका लागि आउँदा सिफारिस लिएर आउनुपर्ने व्यवस्था थियो ।
भरतपुर अस्पतालमा दैनिक तीन हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




